यूएईको नेपाली दूतासास सर्दै

दूतावासमा आउने नेपालीहरुको सहजतालाई ख्याल गरेर सबैलाई पाएक पर्ने ठाँउमा सार्न लागिएको दूवातासले जनाएको छ । हाल दूतावास रहेको अल करामा क्षेत्र अबुधाबीको मुख्य केन्द्रबाट करिब ३ किलोमिटर भित्र पर्छ ।

काठमाडाैं : संयुक्त अरब ईमिरेट्स (यूएई)को अबुधाबी राज्यमा रहेको नेपाली दूतावास नयाँ ठाँउमा सर्ने भएको छ । अबुधाबीको अल करामा रहेको दूतावास पुस १५ देखि अल नयन भन्ने ठाँउमा सर्ने दूतावासले जानकारी दिएको छ ।

दूतावासमा आउने नेपालीहरुको सहजतालाई ख्याल गरेर सबैलाई पाएक पर्ने ठाँउमा सार्न लागिएको दूवातासले जनाएको छ । हाल दूतावास रहेको अल करामा क्षेत्र अबुधाबीको मुख्य केन्द्रबाट करिब ३ किलोमिटर भित्र पर्छ ।

सार्वजनिक सवारीसाधनको प्रयोग गरी विभिन्न राज्यबाट आउने सेवाग्राहीले अबुधाबीको मुख्य बस टर्मिनलबाट पुनः ट्याक्सी चढ्नुपर्ने बाध्यता छ । यसलाई ध्यानमा राखी दूतावास पाएक पर्ने स्थानमा राखिएको बताइएको छ ।

करिब १० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको दूतावास परिसरमा १८ कोठाको साढे ३ तले भवन, सभा हल र महिला सुरक्षित आवास गृह रहने दूतावासले जनाएको छ । अब सर्ने ठाउँमा अबुधाबीको मुख्य बस टर्मिनलमा झरेर पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटसम्म हिँड्नुपर्छ ।

दूतावासको टेलिफोन, ईमेल र फ्याक्स नम्बरहरु भने यथावत रहने दूतावासले जनाएको छ ।