वितरण प्रणाली सुधारको समयमा काठमाडौं उपत्यकामा विद्युत अवरोध हुने

प्रणाली सुधारका लागि वितरण ट्रान्सफरमरहरुको अपग्रेडिङ्ग गर्ने, वितरण लाईन सुधार गर्ने कार्यहरु भैरहेकाले उक्त समयमा विद्युत आपूर्तिमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ ।

काठमाडौं । वितरण प्रणालीलाई सुध्रिढीकरण गर्नेक्रममा केही स्थानमा बिजुली कटौती हुने भएको छ । प्रणालीमा भएको माग वृद्धिलाई दृष्टिगत गरी काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रहरुमा विद्युत वितरण प्रणाली सुधारको काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रणाली सुधारका लागि वितरण ट्रान्सफरमरहरुको अपग्रेडिङ्ग गर्ने, वितरण लाईन सुधार गर्ने कार्यहरु भैरहेकाले उक्त समयमा विद्युत आपूर्तिमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ ।

विद्युत आपूर्तिमा आउने अवरोधलाई कम गर्न प्रयास भैरहेको र लामो समयसम्म विद्युत अवरोध भएमा सम्वन्धित वितरण केन्द्रमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।