विकास समितिमा सांसदको प्रश्न– सीएमसी आफैं भाग्यो कि भगाइयो ?

संसदअन्तर्गत बिहीबार बसेकाे विकास समिति बैठकमा सासंद टोपबहादुर रायमाझीले मेलम्चीको ठेकेदार सीएमसी आफ्नै कारणले भाग्न खोजेको हो कि सरकारी कर्मचारीले भाग्न बाध्य पारेका हुन् भन्ने जिज्ञासा राखेका छन् ।

संसदअन्तर्गत बिहीबार बसेकाे विकास समिति बैठकमा सासंद टोपबहादुर रायमाझीले मेलम्चीको ठेकेदार सीएमसी आफ्नै कारणले भाग्न खोजेको हो कि सरकारी कर्मचारीले भाग्न बाध्य पारेका हुन् भन्ने जिज्ञासा राखेका छन् ।

‘कम्पनी पैसा लिएर भाग्न लागेको कि पैसा नभएरै भाग्न बाध्य पारिएको हो’, उनले भने । झुटा र गलत प्रचारले जनतामा निराशा छाएको र त्यसप्रति मन्त्रालय, मन्त्री र सचिव जवाफदेही हुनुपर्ने उनको भनाइ छ । समितिमा बोल्ने अन्य सांसदहरूले पनि ठेकेदारको ठेक्का रद्द गरिनु र पछि पुनः आयोजनामा फर्किनुको कारण, पछिल्लो अन्योल, सीएससी फर्केपछि कसरी अघि बढ्छ र कहिलेसम्म मेलम्चीकाे पानी आउँछ भन्नेबारे जिज्ञासा राखेका थिए ।

मन्त्री बिना थापा मगरले मेलम्चीको काममा ठेकेदार पुनः फर्किए पनि अझै विश्वासको वातावरण बन्न नसकेको बताइन् । कम्पनीले तोकिएको समयमै काम पूरा गर्ने गरी कम्पनीबाट आशयपत्र प्राप्त गरेको जानकारी दिइन् ।