राजदूत काेइरालाद्वारा कतारी उद्याेगपतिसँग भेटवार्ता

भेटवार्ताका अवसरमा नेपालको जलविद्युत क्षेत्रमा कतारी लगानी भित्र्याउने सम्बन्धमा छलफल भएकाे बताइएकाे छ । नेब्रास पावरका प्रमुख कार्यकारी अधिकृत खालीद माेहम्मद जाेलाेले आफू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक रहेको र सोका लागि आवश्यक अध्ययन तथा छलफल गरी अगाडि बढ्न सकिने विचार व्यक्त गरे ।

काठमाडाैं : कतारका लागि नेपालका राजदूत प्रा. रमेशप्रसाद कोइरालाले हिजाे पुस ११ गते तदनुसार २६ डिसेम्बरका दिन नेब्रास पावर कतारका प्रमुख कार्यकारी अधिकृत खालीद माेहम्मद जाेलाेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका अवसरमा नेपालको जलविद्युत क्षेत्रमा कतारी लगानी भित्र्याउने सम्बन्धमा छलफल भएकाे बताइएकाे छ । नेब्रास पावरका प्रमुख कार्यकारी अधिकृत खालीद माेहम्मद जाेलाेले आफू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक रहेको र सोका लागि आवश्यक अध्ययन तथा छलफल गरी अगाडि बढ्न सकिने विचार व्यक्त गरे ।

साथै, नेपालका सम्भाव्य जलविद्युत आयोजनासम्बन्धी छलफलका लागि नेपालबाट एक प्राविधिक टोली कतार आइ विस्तृत प्रस्तुतीकरण गर्ने सम्बन्धमा समेत छलफल भएकाे छ ।