टेलिकमको प्रबन्ध निर्देशकका लागि एक महिलासहित ९ जनाको आवेदन, कसले मार्ला बाजी ?

केही हप्ताअघि निर्देशक छनौटका लागि सरकारले सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ् नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको थियो । सोही समितिले सञ्चार मन्त्रालयललाई नौ जनाको नाम सिफारिस गरेको हो ।

लामो समयदेखि रिक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले आवेदन दिएका छन् । केही हप्ताअघि निर्देशक छनौटका लागि सरकारले सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ् नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको थियो । सोही समितिले सञ्चार मन्त्रालयललाई नौ जनाको नाम सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सह–सचिव वीरेन्द्रकुमार मिश्रले नौ जनाको आवेदन परेको जनाए । मन्त्रालयका अनुसार बुधबारसम्म उमेद्वारी दिने समयसीमा तोकिएको थियो । उमेद्वारी दिनेमा डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य तथा सान उल्लाह खान छन् ।

त्यस्तै गोकर्णप्रसाद सिटौला, सङ्गीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय छन् । प्रबन्ध निर्देशकका लागि एक महिलाको नाम पनि सिफारिस गरिएको छ ।

सह–सचिव मिश्रका अनुसार आवेदकलाई आगामी १६ र १७ गते अन्तर्वार्ताका लागि मन्त्रालय बोलाइएको छ । मिश्रका अनुसार मन्त्रालयको प्रक्रिया पूरा गरी नौ जनामध्ये तीन जनाको नाम क्याबिनेटमा लागिने छ । र, एक क्षमताका आधारमा एक जनालाई टेलिकमको निर्देशकमा नियुक्त गरिने छ ।