सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।

उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस