कामको परिणाम नदेखिएकाले सरकारमाथि आलोचना हुने गरेका छन । त्यसलाईे सकारात्मक रुपमा लिएका छौ ।’ उनले सरकारले अव परिणाम दिने योजना अघि बढाएको बताए । उनले भूमिका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाउने तयारीमा सरकार लागेको बताए ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले एउटा काम गरेर सरकार चर्चित हुने पक्षमा नरहेका बताएका छन् । प्रथम मध्यबिन्दु महोत्सवको नवलपुरको आरुणखोलामा उद्घाटन गर्दै मन्त्री खनालले जनताका समस्या हटाउन अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढेको बताए । उनले युवा पलायन रोक्न कृषिमा प्रोत्साहित गरिने बताए । ‘किसानलाई सहुलियत ऋण उपलव्ध गराउन किसान बैङ्क बनाउने तयारी मैले गरिरहेको छु’ उनले भने, ‘साना ठूलो गरेर यो बर्ष डेढ सय कोल्ड स्टोर बन्नेछन ।’
पछिल्लो समय सडकमा दुध पोखिने समस्या समाधान भएको भन्दै ढुक्क भएर दुध उत्पादन, विक्रि तथा प्रसोधन गर्न समेत उनले आग्रह गरे । उनले विगतमा भन्दा अहिले आयोजना छिटो सम्पन्न गर्नतर्फ सरकार अघि बढेको बताए ।
‘हिजो २० बर्ष लाग्ने गरेका आयोजना अब २ बर्षमै हुनेछन’ उनले भने, ‘ कामको परिणाम नदेखिएकाले सरकारमाथि आलोचना हुने गरेका छन । त्यसलाईे सकारात्मक रुपमा लिएका छौ ।’ उनले सरकारले अव परिणाम दिने योजना अघि बढाएको बताए । उनले भूमिका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाउने तयारीमा सरकार लागेको बताए ।