श्रम,रोजगार तथा सुरक्षा मन्त्रालयले यहि पौस १५ गतेबाट लागु हुने गरी तत्कालको लागि दुई ठाउँबाट सेवा सञ्चालन गर्न लागेको प्रवक्ता डा.नाराण रेग्मीले जानकारी दिए । वैदेशीक रोजगारीका लागि धेरै खर्च गरेर राजधानी सम्म आउनु पर्ने समस्यालाई समधानको लागी यो सेवा सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा.रेग्मीको भनाइ छ ।
काठमाडौं । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का युवाहरुलाई वैदेशिक रोजगारीको सम्पूर्ण सेवाहरु अव प्रदेशबाटै पाउने भएका छन् । यो सेवा सुरु भएसँगै ती क्षेत्रका स्थानीयहरुले वैदेशिक रोजगारीका सम्पूर्ण कामहरु प्रदेश नम्वर २ को जनकपुर र ५ को वुटवलबाटै पाउने भएका हुन् ।
श्रम,रोजगार तथा सुरक्षा मन्त्रालयले यहि पौस १५ गतेबाट लागु हुने गरी तत्कालको लागि दुई ठाउँबाट सेवा सञ्चालन गर्न लागेको प्रवक्ता डा.नाराण रेग्मीले जानकारी दिए । वैदेशीक रोजगारीका लागि धेरै खर्च गरेर राजधानी सम्म आउनु पर्ने समस्यालाई समधानको लागी यो सेवा सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा.रेग्मीको भनाइ छ ।
केन्द्रबाट मात्र सेवा दिदै आएको श्रम मन्त्रालयले पहिलो पटक वैदेशिक रोजगारको सेवा विकेन्द्रिकरण गरेको हो । सो कार्यालयबाट प्रारम्भिक चरणमा पुन : श्रम स्वीकृती सेवा प्रदान गर्ने,वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने,सरोकारवाला बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कामहरु हुने जनाएको छ । साथै बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयहरुमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइने जानकारी दिएको छ ।
यसैबीच श्रम मन्त्रालयले तत्कालको लागि पुन ः श्रम स्वीकृति सुचारु गर्न लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी सघंका अध्यक्ष रोहण गुरुङले खुसि व्यक्त गरेका छन् । वैदेशिक रोजगारको काम प्रदेशबाटै दिलाउन लागेको कदम श्रम मन्त्रालयको प्रसंसा योग्य काम भएको अध्यक्ष गुरुङको भनाइ छ ।