कूल पाँच दिन खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोबार हुने पहिलो दिन आइतबार बजार ३२.२४ बिन्दुले बढेको थियो । कारोबार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो ।
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा धेरै पछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोबार रकम अर्ब माथि पुग्न नसकेकोमा यस साता झण्डै ४ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता ३ अर्ब ९१ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कूल पाँच दिन खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोबार हुने पहिलो दिन आइतबार बजार ३२.२४ बिन्दुले बढेको थियो । कारोबार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार उक्त दिन ८८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताभर बजार भने उतार चढावपूर्ण रह्यो । आइतबार उच्च बिन्दुले बढेको सेयर बजार सोमबार भने ६.४५ अङ्कले घट्यो ।
सो दिन कारोवार मापक नेप्से परिसूचक ०.५४ प्रतिशतले घटेर १ हजार १९१.७४ बिन्दुमा झर्यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता ७९ करोड ८७ लाख १८ हजार रुपैयाँमा खरीद बिक्री भएका थिए ।
मङ्गलबार पनि धितोपत्र बजारमा सेयरको मूल्य ओरालो लाग्यो । कारोवार मापक नेप्से परिसूचक ५.७१ बिन्दुले घटेर १ हजार १८६ बिन्दुमा झर्यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता सेयर ४२ करोड १३ लाख १६ हजार ७२३ रुपैयाँमा खरीद बिक्री भए ।
बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोवार मापक नेप्से परिसूचक ३०.२६ विन्दुले बढेर १ हजार २१६ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.४१ बिन्दुले बढेर २५८ बिन्दुमा पुग्यो ।
स्टकका अनुसार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता सेयर ६९ करोड २६ लाख २३ हजार ७४६ रुपैयाँ खरीद बिक्री भए । बिहिबार भने नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भयो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता सेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार रुपैयाँमा खरीद–बिक्री भए । रासस