जनकपुर उद्योग सङ्घको अध्यक्षमा ललितकुमार

जनकपुर उद्योग सङ्घको अध्यक्षमा ललितकुमार साह १ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४ सय ३५ मत प्राप्त गरे । सङ्घको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह १ हजार १ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८ सय ४६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी विजय साहले ७ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भएकी छन् । सङ्घको महासचिवमा जितेन्द्रकुमार महासेठले ९ सय ५३ मत, सचिवमा विकास साहले ५ सय ९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला सदस्यमा आशाकुमारी यादव र एसोसिएटमा राजीवकुमार साह निर्विरोध चुनिएको निर्वाचन समितिले जनाएको छ ।