दुई ठाउँबाटै काम सुरु भएको छ । वैदेशिक रोजगारीका लागि धेरै खर्च गरेर राजधानी सम्म आउनुपर्ने समस्या समाधान गर्न यो सेवा सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीको भनाइ छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुर र बुटवलबाट श्रम स्वीकृतिको काम सुरु गरेको छ । वैदेशिक रोजगारीका सम्पूर्ण सेवाहरु प्रदेशबाटै दिने उद्देश्यले आइतबारबाट सेवा सुरु गरेको हो ।
दुई ठाउँबाटै काम सुरु भएको छ । वैदेशिक रोजगारीका लागि धेरै खर्च गरेर राजधानी सम्म आउनुपर्ने समस्या समाधान गर्न यो सेवा सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीको भनाइ छ ।
केन्द्रबाट मात्र सेवा दिँदै आएको श्रम मन्त्रालयले पहिलो पटक वैदेशिक रोजगारको सेवा विकेन्द्रीकरण गरेको हो । सो कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवम् अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवम् गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने जनाएको छ ।
बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइने जानकारी दिइएको छ ।