दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा सितलकाजी श्रेष्ठ नियुक्त

नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका श्रेष्ठलाई मन्त्रिपरिषद्को २०७५ पुस १२ गतेको निर्णयले दुइ बर्षका लागि मनोनयन गरेको हो

काठमाडाैं । दुग्ध विकास संस्थान बोर्डको सदस्यमा डा. सितलकाजी श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका श्रेष्ठलाई मन्त्रिपरिषद्को २०७५ पुस १२ गतेको निर्णयले दुइ बर्षका लागि मनोनयन गरेको हो

भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर डा.श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल रहेर काम गरेका छन् । श्रेष्ठ यस भन्दापहिला ट्रय विषादीबोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतअन्य संस्थामापनि आवद्ध थिए ।