८० हजार घुससहित दुई इञ्जिनीयर अख्तियारको फन्दामा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले ८० हजार रुपैयाँ घुस लिएको आयोगको दाबी छ ।

आयोगले उनीहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस