ट्रकको क्याबिनबाट डेढ क्विन्टल चरेस बरामद, चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले आइतबार साँझ ७ बजेतिर १ सय ६० किलो चरेससहित ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका सागर वलीलाई पक्राउ गरेको हो ।

प्रहरीले वीरगन्जबाट ट्रकको ब्याबिनमा राखिएको १ सय ६० किलो अवैध लागुऔषध चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले आइतबार साँझ ७ बजेतिर १ सय ६० किलो चरेससहित ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका सागर वलीलाई पक्राउ गरेको हो ।

मकवानपुर मनहरिबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख २९८५ नम्बरको ट्रकलाई मिलनचोक नजिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ट्रकको बढी र क्याबिनबीचको भागमा फल्स बटम बनाई चरेस लगिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । चरेस कसको हो भन्ने बारेमा अहिले केही न खुलेको प्रहरीले जनाएको छ ।

‘चरेस मालिकको बारेमा खुलेको छैन, चालकलाई नियन्त्रणमा लिएका छांै, घटनाको अनुसन्धान हुँदैछ,’ पर्सा प्रहरीप्रमुख एसपी रेवती ढकाले भने ।

नियन्त्रणमा लिइएको ट्रकमार्फत् लामो समयदेखि यसरी नै चरेस तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।