आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले खरिदार पोखरेललाई सोह्रखुट्टेको एसबी फास्टफुड क्याफेबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेललाई दस हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले खरिदार पोखरेललाई सोह्रखुट्टेको एसबी फास्टफुड क्याफेबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
अदालतमा विभिन्न काममा आउने सेवा ग्राहीसँग घुस लिने गरेको सूचनापछि खरिदार पोखरेललाई निगरानीमा राखिएको थियो ।
घुससहित पक्राउ परेका खरिदार पोखरेललाई अख्तियारको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रवक्ता दङ्गालले बताए ।