बायोमेट्रिकका कैलाश खड्कालाई काठमाडौं अदालतले दियो सफाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खड्कामाथि बायोमेट्रिक संस्था खडा गरी कामदारलाई ठगेको भन्दै मुद्दा दायर गरेको थियो । खड्कालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले सोमबार सफाइ दिएको हो ।

काठमाडौं : मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोप लागेका स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष एवम् वेलकेयर अस्पतालका सञ्चालक कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खड्कामाथि बायोमेट्रिक संस्था खडा गरी कामदारलाई ठगेको भन्दै मुद्दा दायर गरेको थियो । खड्कालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले सोमबार सफाइ दिएको हो । गत जेठ ३ गते श्रममन्त्री गोकर्ण विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेटधारी संस्थाहरु बन्द गर्ने निर्णय गरेका थिए ।

यसैबीच बायोमेट्रिक सञ्चालक खड्काले भने, ‘सम्मानित अदालतले ढिलै भए पनि न्याय दिएको छ, अरु मेरो भन्नु केही छैन ।’ यसअघि भीएलएनका सञ्चालक राम श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाइ दिइसकेको छ ।