महानगरीय अपराध महाशाखाको टोलीले एक थान पेस्तोलसहित कालिकोट रासकोट नगरपालिका २ का २० वर्षीय भोजबहादुर खड्कालाई पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौंको कपुरधाराबाट पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले एक थान पेस्तोलसहित कालिकोट रासकोट नगरपालिका २ का २० वर्षीय भोजबहादुर खड्कालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खड्काको लैनचौरस्थित डेरामा लुकाइराखेको अवस्था पेस्तोल फेला परेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
खड्का हतियारको कारोबारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।