‘न्यू इयर इभ’ मनाउन गएका ६४ जना पक्राउ

पक्राउ परेका ६४ जनालाई प्रहरीवृत्त सोहखुट्टे र दरबारमार्गमा राखिएको छ । पक्राउ परेकाहरुको गल्ती अनुसारको कारवाही गर्ने प्रहरीले जनाएको छ ।

काठमाडौं । ‘न्यू इयर इभ’ मनाउन ठमेल गएका ६० जना युवा र ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘न्यू इयर इभ’ मनाउने बहानामा उच्छि«ङ्खल गतिविधि गर्ने ६४ जनालाई काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार ठमेल क्षेत्रमा मदिरा सेवन गरी हो हल्ला गर्ने तथा विभिन्न खालका उच्छि«ङ्खल गतिविधि गर्ने ६० युवा र ४ जना युवती पक्राउ परेका हुन् । पक्राउ परेका ६४ जनालाई प्रहरीवृत्त सोहखुट्टे र दरबारमार्गमा राखिएको छ । पक्राउ परेकाहरुको गल्ती अनुसारको कारवाही गर्ने प्रहरीले जनाएको छ ।

‘न्यू इयर इभ’लाई लक्ष्य गरी प्रहरीले सोमबार राति राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

काठमाडौंको ठमेल र दरबारमार्गमा मात्र ६ सय सयभन्दा बढी प्रहरी खटाइएको थियो ।