न्यू इयर इभमा १८ सय चालक पक्राउ

सोमबार राति मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८ सय चालक कारबाहीमा परेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए । त्यसमा २ सय १८ जना मापसेमा परेका छन् ।

काठमाडौं : न्यू इयर इभ मनाउन गएका १ हजार ८ सय सवारी चालक ट्राफिक कारवाहीमा परेका छन् । सोमबार राति उपत्यकाका विभिन्न स्थानबाट १ हजार ८ सय सवारी चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार राति मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८ सय चालक कारबाहीमा परेको महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए । त्यसमा २ सय १८ जना मापसेमा परेका छन् ।

न्यू इयर इभलाई लक्ष्य गर्दै सोमबार राति ट्राफिक जाँचमा कडाइ गरिएको थियो । त्यसका लागि उपत्यकाभर १ हजारभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

ट्राफिक सक्रियताकै कारण सामान्य सवारी दुर्घटनाबाहेक कुनै मानवीय क्षति नभएको महाशाखाले जनाएको छ ।