प्रहरीले उनीहरुको साथबाट ४ लाख ५९ हजार रुपैयाँ र ९ सय अमेरिकी डलरसमेत बरामद गरेको छ ।
काठमाडौं । काठमाडौंको स्वयम्भूबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार राति स्वयम्भूबाट सिन्धुपालचोक भोटेकोसी गाउँपालिका १ का २६ वर्षीय पासाङ लामासहित ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ५९ हजार रुपैयाँ र ९ सय अमेरिकी डलरसमेत बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले उक्त जुवाखालमा छापा हानेको जनाएको छ । पक्राउ परेका ८ जना जुवाडेमाथि कानुनी कारवाही गर्ने प्रहरीले जनाएको छ ।