काठमाडौंको गोंगबुबाट एक पाकेटमार पक्राउ

महानगरीय प्रहरी महाराजगञ्जको टोलीले सोमबार दिउँसो नुवाकोट, ककनी गाउँपालिका ७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनभित्र पाकेटमारी गर्ने एक पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी महाराजगञ्जको टोलीले सोमबार दिउँसो नुवाकोट, ककनी गाउँपालिका ७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो । प्रहरीले लामालाई २६ हजार पाकेटमारीको रकमसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोसाकमा पकेटमार नियन्त्रण गर्ने ५० जनाको विशेष टोली परिचालन गरेको छ ।

गत पुस ४ गते मात्र प्रहरीले ७७ जना पकेटमार पक्राउ गरी सार्वजनिक गरेको थियो ।