प्रहरीले चौधरीको साथबाट ५ राउन्ड गोली र दुई ओटा म्यागजिनसमेत बरामद गरेको छ । चौधरीले हतियार देखाएर पछिल्लो समयमा गोइतको नामबाट चन्दा सङ्कलन गर्नेसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडाैं : सिराहाको गोलबजारबाट प्रहरीले एक थान अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश २ को प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार गोलबजारबाट सिराहाको धनगढीमाई नगरपालिका–११ का चतुरनारायण चौधरीलाई अत्याधुनिक हतियार एसएसमजीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
प्रहरीले चौधरीको साथबाट ५ राउन्ड गोली र दुई ओटा म्यागजिनसमेत बरामद गरेको छ । चौधरीले हतियार देखाएर पछिल्लो स्वतन्त्र तराई निर्माण सेनामा आबद्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले हतियार देखाएरै चन्दा संकलन गर्ने गरेको समेत प्रहरीले जनाएको छ । तत्कालीन माओवादी लडाकुसमेत रहेका चौधरी पछिल्लो समयमा तराईमा रहेका भूमिगत समूहसँग आबद्ध हुँदै तराईका विभिन्न जिल्लामा आवराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ ।
Chat Conversation End