प्रधानन्यायाधीशमा चुनिए राणा

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत चयन भएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिको छलफलले प्रधानन्यायाधीशमा प्रस्तावित उनलाई मंगलबार सर्वसम्मत चयन गरेको हो । प्रधानन्यायाधीशमा राणा चुनिएको जानकारी आजै राष्ट्रपति कार्यालयमा दिइनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।