पुस ९ गते भएको आगलागीमा ८७ भन्दा बढी घर जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवम् अखिल क्रान्तिकारीका उपाअध्यक्ष दिपेश पुनले कालिकोटमा पुगेर अग्नीपीडितलाई राहत वितरण गरेका छन् । पुस ९ गते भएको आगलागीमा ८७ भन्दा बढी घर जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।
दिपेशले कालिकोट पलाता खाडा गाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका हुन् । पुनले अग्नीपीडित परिवार तथा विद्यार्थीलाई ओढ्ने, ओछ्याउने, न्यानो कम्बल, अत्यावश्यक भाँडाकुँडा तथा आगो निभाउने सामान वितरण गरेका हुन्
कालिकोट जाने क्रममा पुनको खुट्टामा चोट लागेको थियो । चोटका कारण सम्बन्धित ठाउँसम्म पुग्न नसकेपछि सबै राहत सामग्री उनले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई हस्तान्तरण गरेका छन् ।