बलेफी गाउँपालिका ५ स्थित ७४ किलोमा सुनसरी धरान बराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटिएको हो।
सिन्धुपाल्चोकमा एक युवकको १० लाख रुपैयाँ लुटिएको छ।
बलेफी गाउँपालिका ५ स्थित ७४ किलोमा सुनसरी धरान बराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटिएको हो।
मंलगबार दिउँसो बा.८३ प ६१८६ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट चौहत्तरकिलोमा पुगेर खाजा खाई रहेको अवस्थामा ३ जना अपरिचित व्यक्तिहरूले घिमिरेको पैसा लुटेको प्रहरीले जनाएको छ। उनीहरूले फलामको रड प्रहार रकम लुटी फरार भए।
घिमिरेको काठमाडौँ अनामनगरमा सुन पसल रहेकोले सुन खरिद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ।
फरार लुटेराहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।