काठमाडौंबाट फर्किँंदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले ठूलो मात्रमा चरेश बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धादिङको गजुरीबाट २ सय ३५ केजी चरेस बरामद गरेको हो।
काठमाडौंबाट फर्किँंदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले एक भारतीय नागरिकसहित दुईसमेत नियन्त्रणमा लिएको छ । सत्यन्द्र सिंह बेघल र पर्सा सोनवर्षा ५ का लाल महम्मद गद्दी छन् ।
प्रहरीले बरामद गरेको एक किलो चरेसको बजार मूल्य २० हजार रुपैयाँ देखि ३० हजारसम्म पर्छ। उनीहरुले राम्रो किसिमको चरेस युरोप र केही कमसल भारतमा बिक्री गर्ने गरेका छन् ।