महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ नष्ट गरेको हो ।
काठमाडौं : प्रहरीले काठमाडौंको बौद्ध क्षेत्रमा रहेका लोकल मदिरा कारखानामा छापा मारी ३० हजार लिटर लोकल मदिरा नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ नष्ट गरेको हो ।
त्यसैगरी प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ सामग्री, १० ओटा ग्यास चुलो, १९ थान सिलिन्डर, १३० थान पलास्टिकका ड्रम र ३६ थान मदिरा बनाउने ठूला भाँडा बरामद गरेको प्रहरीले जनाएको छ ।
लोकल मदिराको कारखाना चलाउने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।