विरासतभन्दा बेग्लै

उनका बुबाको ट्रेडिङ व्यवसाय र गार्मेन्ट उद्योग थियो । तर, उनले कफी पसल र इन्भेस्टमेन्ट कम्पनी खोले । यसैबाट आफ्नो व्यावसायिक यात्रा अघि बढाए ।

विरासतबाट छुट्टिएर आफ्नो छुट्टै पहिचान बनाउन गाह्रो हुन्छ नै । त्यस्तै कठिन अवस्थालाई पार गरेर अलग्गै परिचय बनाउन सफल व्यक्ति हुन्— युवा उद्यमी अयज श्रेष्ठ । विरासतको व्यवसायबाट अलग किसिमको व्यवसायमा जम्न उनले लामै सङ्घर्ष पनि गरे ।

आफ्ना बुबाले गरेको व्यवसायबाट बिल्कुलै अलग्गिएर फरक धारको व्यवसायमा टिक्न असाध्यै गाह्रो छ । त्यसमाथि पनि परिवारको सहयोगबिनै नयाँ व्यवसायमा लाग्नु कम्ती चुनौतीको विषय होइन । तर पनि अजयले त्यो चुनौतीलाई सहजै स्विकारे । र, नयाँ व्यवसाय थाले ।

उनका बुबाको ट्रेडिङ व्यवसाय र गार्मेन्ट उद्योग थियो । तर, उनले कफी पसल र इन्भेस्टमेन्ट कम्पनी खोले । यसैबाट आफ्नो व्यावसायिक यात्रा अघि बढाए ।

आफैंले नयाँ केही गर्नुपर्छ भन्ने सोच राखेर उनी १२ वर्षअघि नयाँ उद्यममा लागेका हुन् । तर अहिलेसम्म आउँदा उनले मिहिनेतका कारण समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।

श्रेष्ठले आई क्यापिटल र अल्पा क्यापिटल नामक इन्भेस्टमेन्ट कम्पनी मात्रै सञ्चालनमा ल्याएका छैनन् उनले, कफी सपको व्यवसाय पनि सँगसँगै अघि बढाएका छन् । कफी सपमा उनको पार्टनरसिप छ भने इन्भेस्टमेन्ट कम्पनीमा आफैंले नेतृत्व गरिरहेका छन् ।

नेपाली युवा उद्यमी मञ्चका अध्यक्षसमेत रहेका उनले यो संस्थालाई डेढ वर्षदेखि नेतृत्व दिएका छन् । आफूले नेतृत्व गरेको संस्थालाई थप व्यवस्थित बनाउँदै लगेका छन् नै, सँगै नयाँ व्यावसायिक क्षेत्रमा पनि जम्दै छन् । विशेषगरी सेयर मार्केटमा लगानी गरेका उनले कफी सपलाई पनि विस्तार गरिरहेका छन् ।