अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो । त्यस समयमै फेरि अर्काे वार्ता गर्ने सहमति भएको थियो ।
वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताएका छन् ।
उनले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो । त्यस समयमै फेरि अर्काे वार्ता गर्ने सहमति भएको थियो ।
तर सो वार्ताको मिति भने अहिलेसम्म तय भएको थिएन । पछिल्लो समाचारअनुसार उनीहरुबीचको भेटका विषयमा उत्तर कोरियाली नेताको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पले प्राप्त गरेको बताइएको छ ।
अर्काे वार्ताको लागि अमेरिकी राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपति किमले मङ्गलबार पत्र पठाएको विदेशमन्त्री पोम्पेओले खुलासा गरेका छन् । रासस/एएफपी