इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले २३ वर्षदेखि फरार रहेका डाँका मुद्दाका फरार प्रतिबादी सिमरा उपमहानगरपालिका १० का ४५ वर्षीय नन्द किशोर धानुक र बारा जितपुर सिमरा उपमहानगरपालिका २३ का ४३ वर्षीय हविब मियाँलाई पक्राउ गरेको हो ।
२३ वर्षदेखि फरार रहेका डाँका र लागुऔषध मुद्दाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले २३ वर्षदेखि फरार रहेका डाँका मुद्दाका फरार प्रतिबादी सिमरा उपमहानगरपालिका १० का ४५ वर्षीय नन्द किशोर धानुक र बारा जितपुर सिमरा उपमहानगरपालिका २३ का ४३ वर्षीय हविब मियाँलाई पक्राउ गरेको हो ।
पक्राउ परेका २ जनालाई फैसला कार्यान्वयनका लागि प्रहरीले अदालतमा बुझाएको छ । धानुकलाई २०५२ साल भदौ १९ गतेको जिल्ला अदालत बाराको फैसालाले लागुऔषध गाँजा मुद्दामा १ वर्ष ६ महिना कैद र ८ हजार रूपैयाँ जरिबाना तोकेको थियो ।
त्यसैगरी मियाँलाई पनि बारा जिल्ला अदालतले २०५२ साल मंसिर २१ गतेको फैसाला आदेशले डाँका मुद्दामा ६ वर्ष कैद र ३२ हजार ८ सय ५० रुपैयाँ जरिबाना तोकेको थियो । अदालतको फैसलापछि उनीहरू दुवै जना फरार थिए ।