काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विषेश बौद्ध फुलवारीस्थित लोपसाङ लामाको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी होमिन्द्र बोगटीले बताए।
डिएसपी बोगटीले भने,’ केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा छापा मार्दा २३ जनालाई नियन्त्रणमा लिएका हौ। कति रकम बरामद भएको छ भन्ने गन्ति भइरहेको छ।’