शनिवार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । केही समयअघि हुम्लाकी एक महिलालाई नक्कली सुन बिक्री गरेको उजुरी परेपछि प्रहरीले शेर्पाको खोजी सुरु गरेको थियो ।
नक्कली सुन बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोलुखुम्बुका ३४ वर्षीय दोर्जे लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको हो ।
शनिवार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । केही समयअघि हुम्लाकी एक महिलालाई नक्कली सुन बिक्री गरेको उजुरी परेपछि प्रहरीले शेर्पाको खोजी सुरु गरेको थियो ।
प्रहरीले शेर्पाको साथबाट १ केजी नक्कली सुनसमेत बरामद गरेको छ । शेर्पा यसअघि पनि ठगी मुद्दामा जेल बसेर निस्किएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।