८३ लाख रकमसहित जनकपुरबाट चार हुन्डी कारोबारी पक्राउ

भारत बधुवनी बासोपटीका ४० वर्षीय सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र ३८ वर्षीय मोख्तार अहमदलाई नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले जानकारी दिए ।

काठमाडौं : प्रहरीले जनकपुरबाट ८३ लाख अवैध रकमसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हुन्डीको कारोबार गर्ने ४ जनालाई नियन्त्रणमा लिएको हो ।

भारत बधुवनी बासोपटीका ४० वर्षीय सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र ३८ वर्षीय मोख्तार अहमदलाई नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहीले ८३ लाख ५७ हजार रुपैयाँ, ३० थान चेक र हुन्डी कारोबारका लागि प्रयोग भएका हिसाब किताब भएको कापीसमेत बरामद गरेको छ।