टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्ति

यसअघि खुला प्रतिस्पर्धामा छानिएका तीन जनाबाट अधिकारीले सबैभन्दा बढी नम्बर पाएका छन् । बढी नम्बर आएपछि मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशकमा उनलाई नियुक्त गरेको हो ।

काठमाडौं : नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटा निकट मानिएका अधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।

यसअघि खुला प्रतिस्पर्धामा छानिएका तीन जनाबाट अधिकारीले सबैभन्दा बढी नम्बर पाएका छन् । बढी नम्बर आएपछि मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशकमा उनलाई नियुक्त गरेको हो ।

टेलिकमको प्रबन्धक निर्देशक नियुक्त गर्नका लागि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीन जनामा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र सङ्गीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् ।