प्रदेशका कृषि फर्मलाई नार्कमार्फत केन्द्रसँग जोड्नुपर्ने कृषिमन्त्रीको जोड

प्रदेशमा भएका कृषि फर्मलाई प्रदेशमा बन्ने नार्कमार्फत केन्द्रसँग जोड्नुपर्ने बताएका छन् । ७ वटा प्रदेशमा नार्कका बन्ने भन्दै मन्त्री खनालले सबै कुरा चेन अफ कमान्डमा चल्नु पर्ने बताए । 

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले प्रदेशमा भएका कृषि फर्मलाई प्रदेशमा बन्ने नार्कमार्फत केन्द्रसँग जोड्नुपर्ने बताएका छन् । ७ वटा प्रदेशमा नार्कका बन्ने भन्दै मन्त्री खनालले सबै कुरा चेन अफ कमान्डमा चल्नु पर्ने बताए ।
नेपाल कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । उनले कृषिमा अनुसन्धानको दायरा बढाउनु बताए । ‘अनुसन्धान नभएको होइन तर, अहिलेको अनुसन्धानको नाममा हुने अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘हप्तौंदेखि १५० दिनसम्मका युवा लक्ष्यित तालिम दिने भनेका छौ । त्यो तालिम नार्कले दिनुपर्छ, अरुले दिएर हुन्न ।’
अहिले भएका अनुसन्धानलाई थाती राख्दै १० वर्ष पछाडीको सोचेर अनुसन्धान र काम गर्नुपर्ने मन्त्री खनालको भनाइ थियो ।
सो अवसरमा कृषि अनुसन्धान केन्द्र पाख्रीबासका केन्द्र प्रमुख अमरबहादुर पुन सरकारले निर्माण गरेको केन्द्रले धेरै कुरा सिकाएको बताए।
नार्कको सांगठनिक संरचना, मानित विश्वविद्यालय, किसान आवश तालिम र कृषि फार्मको अवलोकन गर्नका लागि मन्त्री खनाल र राज्य मन्त्री रामकुमारी चौधरी प्रदेश १ का विभिन्न जिल्ला भ्रमणमा छन ।