मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकास यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मंगलवारसम्म नै जारी रहने सम्भावना छ।
काठमाडौं । नेपालका उच्च पहाडी भेगहरूमा आइतबारदेखि सामान्य वर्षा र हिमपात हुने क्रम सुरु भएको छ। मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकास यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मंगलवारसम्म नै जारी रहने सम्भावना छ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बीबीसी नेपाली सेवासँग भनिन्, सोमवार दिउँसोदेखि पश्चिमबाट खुल्न सक्छ। पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रम अहिले जारी छ। उनका अनुसार पश्चिम वायुको प्रभाव नेपाली आकासबाट सम्भवत मंगलवार साँझपछि हट्न सक्छ र त्यसपछि आकास फेरि खुल्न सक्छ।
मौसम विज्ञान विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम आइतवार १ डिग्री सेल्सियसमा झरेको थियो भने त्यो सोमवार ६ डिग्रीमा छ । त्यो अझै घट्न सक्छ।
हिमाली जिल्लाहरूमा तापक्रम निकै घटेको छ। जुम्लाको न्यूनतम तापक्रम आइतवार माइनस २ डिग्रीमा थियो भने अधिकतम ८ डिग्री मात्र थियो। जोमसोममा न्यूनतम माइनस १ डिग्री थियो भने अधिकतम ८ डिग्री रहेको थियो।
जुम्लास्थित बीबीसी समाचारदाताका अनुसार आइतबारदेखि हिमपात भएपछि मानिसहरू घरभित्रै बसिरहेका छन्। त्यहाँका किसानहरू भने हिउँ परेपछि जौ, गहुँ, उवा जस्ता बालीनाली सप्रिने भन्दै खुसी भएका छन्। यस्तै डोल्पामा हिउँ परेपछि सिमिकोटमा रहेको एरयपोर्ट बन्द भएको छ । स्रोत ःबीबीसी