प्रतिवेदनबाट गृहसचिव राईकाे नाम हट्यो

सोमबार बसेको समिति बैठकले बदनियत भन्ने शब्द परिमार्जन गरी मन्त्रीहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ ।

काठमाडौंं : सार्वजनिक लेखासमितिले बनाएको उपसमितिले रिपोर्टबाट गृहसचिव प्रेम राईको नाम हटाएको छ । सोमबार बसेको समिति बैठकले बदनियत भन्ने शब्द परिमार्जन गरी मन्त्रीहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले राईको विषयमा गलत सूचना दिएको प्रमाण भेटिएकाले उनको नाम हटाएको समितिका सदस्य प्रेम राईले जानकारी दिए ।