माइक्रोबसको ठक्करबाट एकको मृत्यु

बा १ ज ९७६६ नम्बरको माइक्रोबसको ठक्करले धुम्बाराही बस्ने सीता दाहालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडाैं : सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा १ ज ९७६६ नम्बरको माइक्रोबसको ठक्करले धुम्बाराही बस्ने सीता दाहालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करका कारण अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले उपचार भइरहेको छ ।

महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए ।