काठमाण्डौ महानगरपालिका १४ कुलेश्वरमा चेकजाँचको क्रममा प्रहरीले आईतबार बेलुका २०:३० बजे बा.२ ख ६५२४ नम्बरको निशान गाडी चालक सिन्धुली झाङ्गाझोली गाउँपालिका ७ घर भई काठमाण्डौ मनमैजु बस्ने वर्ष ३१ को जितबहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
काठमाण्डौ : महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले प्रहरीलाई घुस दिन लाग्दा नियन्त्रणमा लिएकाे छ ।
काठमाण्डौ महानगरपालिका १४ कुलेश्वरमा चेकजाँचको क्रममा प्रहरीले आईतबार बेलुका २०:३० बजे बा.२ ख ६५२४ नम्बरको निशान गाडी चालक सिन्धुली झाङ्गाझोली गाउँपालिका ७ घर भई काठमाण्डौ मनमैजु बस्ने वर्ष ३१ को जितबहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
ड्युटीमा खटिएको प्रहरी टोलीलाई चालक श्रेष्ठले दुई सय रूपैयाँ घुस दिन लागेकोमा निज चालकलाई उल्लिखित रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।