रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले चौधरीलाई सोमबार थुनामै राख्न जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेका छन् । अब उनले जेलमा बसेर मुद्धा लड्नु पर्ने भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई थुनामै राख्न आदेश दिएको छ । गएको साता प्रतिनिधिसभा सदस्यको सपथ लिएका चौधरीले थुना बाहिर रहेर मुद्धाको पुर्पक्ष गर्न पाउँ भन्दै सर्वोच्वमा निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले चौधरीलाई सोमबार थुनामै राख्न जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेका छन् । अब उनले जेलमा बसेर मुद्धा लड्नु पर्ने भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका चौधरीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वाेच्च गएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनामा चौधरी मुख्य दोषी रहेको भन्दै प्रहरीले खोजी थालेपछि उनी फरार भएका थिए ।