काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरबाट पाटे बाघको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर ५ प्रहरीको विषेश ब्युरोले सोमबार दैलेखका गुराँस गाउँपालिका–२ का ३६ बर्षीय कमलबहादुर खत्री र कञ्चनपुर पुनर्वास नगरपालिका–५ का २० बर्षीय हरि ढकाललाई पक्राउ गरेको हो ।
विषेश सुचनाको आधारमा ब्यूरोको टोलीले ९ फिट लामो पाटे बाँघको छाला र ६ किलो बराबर बाँघका हड्डी बरामद गरेको नेपालगंज प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनीहरुले लामो समय देखि बाँके क्षेत्रमा बन्यजन्तुका अंगप्रत्याङंको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।