स्वदेशी पाउडर प्लान्ट बचाउन आयात बन्द गर्छाैः कृषिमन्त्री खनाल

मन्त्री खनालले त्यस्को अनुगमन केही महिना अघि गरिसकेको बताए । उनले पहिलेभन्दा दुग्ध उद्योगमा केही सुधार भएको बताए । जनताले विश्वास गरेको संस्था दुग्ध विकास संस्थान(डीडीसी) बजारमा लैजाने सेवा मात्रै नभएर प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए ।

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वदेशी पाउडर प्लान्ट बचाउन अायात राेक्ने बताएका छन् ।

बिराटनगर दुग्ध वितरण आयोजनाले मोरङमा गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री खनालले पाउडर आयात नरोकिएको खण्डमा क्याविनेटबाट निर्णय गरेर सधैंका लागि आयात रोक्न सक्ने बताए । ‘नेपाली किसानले उत्पादन गरेको दुग्ध पदार्थ खेर जान नदिनको लागि पाउडर दूधमा रोक लगाइएको हो । तर लुकिछीपि चोरिनिकासी रोकिएको छैन ।’ मन्त्री खनालले भने, ‘अहिले त पाउडर दूध आयात रोकेर समस्यालाई अलि पर धकेलिएको मात्र हो समाधान होइन । तर, लुकिछिपी पाउडर ल्याउने काम रोकिएन भने क्याबिनेटबाट निर्णय नै गरेर सधैको लागि रोक्नु पर्ने स्थिति आउन सक्छ ।’

डिडिसीले आफुले उत्पदन बजारमा लैजान नसक्ने र गोदाममा मात्रै थन्काएर राख्ने हो भने पाउडर दूध रोक्नुको के अर्थ भन्दै मन्त्री खनालले प्रश्न गरे ।

मन्त्री खनालले त्यस्को अनुगमन केही महिना अघि गरिसकेको बताए । उनले पहिलेभन्दा दुग्ध उद्योगमा केही सुधार भएको बताए । जनताले विश्वास गरेको संस्था दुग्ध विकास संस्थान(डीडीसी) बजारमा लैजाने सेवा मात्रै नभएर प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए ।

मन्त्री खनाल सहित राज्य मन्त्री रामकुमरी मोरङको विभिन्न दुग्ध सहकारीको अबलोकन गरेका थिए । संस्थानका महाप्रबन्धक इश्वरी न्यौपानेका अनुसार मोरङ दुग्ध वितरण आयोजनाले दैनिक ३५ हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।