मानव बेचबिखनको आरोप लागेपछि विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई एकमहिनाअघि मानव बेचबिखनको आरोप लगाएका थिए । त्यसपछि उनी विवादमा परेकी थिइन् ।
विवादमा आएपछि नेपाली काँग्रेस र सत्ता पक्षका सांसदहरुले उनीमाथी छानविनको माग गरेका थिए । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।