उनले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए । प्रधानन्यायाधीश राणाले कार्यसम्पादनका क्रममा कमीकमजोरी देखिए न्याय परिषद् र आफूले पनि सुक्ष्म अनुसन्धान गर्ने चेतावनी दिए ।
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन् ।
सर्वोच्च अदालतमा सोमबार आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न निर्देशन दिएका हुन्। उहाँले भने, “स्वतन्त्र र सक्षम न्यायापालिकाको अवधारणालाई सही मार्गमा लैजानुपर्छ, अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्न अधिकारभन्दा कर्तव्यलाई मुख्य न्यायाधीशले ध्यान दिनुपर्छ ।”
उनले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए । प्रधानन्यायाधीश राणाले कार्यसम्पादनका क्रममा कमीकमजोरी देखिए न्याय परिषद् र आफूले पनि सुक्ष्म अनुसन्धान गर्ने चेतावनी दिए ।
कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय नपाएर छटपटिएका मान्छे अदालत पुगेपछि न्याय पाइने विश्वास दिलाउनु जरुरी रहेको बताए। न्यायालयलाई सुदृढ बनाउन सरकारबाट पूर्ण सहयोग हुने उल्लेख गर्दै उनले न्यायापालिकाको गरिमालाई असर पुग्ने गरी सरकारबाट हस्तक्षेत्र नगरिने स्पष्ट पार्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले न्यायापालिकाप्रति अहिले देखिएको नकारात्मक धारणालाई चिर्न सबैले एकजुट भएर काम गर्न आग्रह गरे । रासस