विश्व बैङ्कका अध्यक्षले पद छाड्ने

किम जलवायु परिवर्तनमा ट्रम्प प्रशासनको नीतिदेखी अप्रसन्न छन् । कार्यकाल समाप्ति हुन तीन वर्ष बाँकी छँदै किमको राजीनामाले ट्रम्प प्रशासन तथा अन्य देशबीच कटु सङ्घर्षलाई उक्साउन सक्छ । बाँकी देशहरुले विश्व बैङ्कमाथि अमेरिकी दबदबा रहेको आरोप लगाइरहेका हुन्छन् ।

वाशिङटन : विश्व बैङ्कका अध्यक्ष जिम याङ्ग किमले सोमबार अचानक पद छोड्ने घोषणा गरेर सबैलाई चकित बनाए । उनले यही जनवरीको अन्त्यमा राजीनामा दिनेछन् । किम जलवायु परिवर्तनमा ट्रम्प प्रशासनको नीतिदेखी अप्रसन्न छन् । कार्यकाल समाप्ति हुन तीन वर्ष बाँकी छँदै किमको राजीनामाले ट्रम्प प्रशासन तथा अन्य देशबीच कटु सङ्घर्षलाई उक्साउन सक्छ । बाँकी देशहरुले विश्व बैङ्कमाथि अमेरिकी दबदबा रहेको आरोप लगाइरहेका हुन्छन् ।

किमले छोडेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस पदमा आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्ने अवसर प्राप्त हुनेछ । द्वितीय विश्वयुद्ध समाप्त भएपछि १८९ देशहरुको यो बैङ्क अस्तित्वमा आएको हो । त्यहाँदेखि आजसम्म यसका प्रमुख हुने सबै अमेरिकी नागरिक छन् । विश्वका विभिन्न मुलुकलाई ऋण निे यसको सहयोगी संस्था अन्तर्राष्ट्रिय मुद्रा कोषको नेतृत्व सधैं युरोपेलीहश्रले मात्र गरेका छन् । चीनसमेत अन्य एसियाली राष्ट्रले यस परम्परालाई निको मानेका छैनन् ।

विश्व बैङ्कले किमको बहिर्गमनपछि क्रिस्टलिना जर्जिवालाई अन्तरिम अध्यक्ष बनाइने जनाएको छ । उनी अहिले बैङ्ककी एग्जिक्युटिभ बोर्डकी सीईओ हुन् । उनैले किमका उत्तराधिकारीको चुनावको प्रक्रिया सुरू गर्नेछिन् । अमेरिका विश्व बैङ्कमा सबैभन्दा ठूलो हिस्सेदार हो । विश्व बैङ्कको केन्द्रीय कार्यालय पनि अमेरिकी राजधानी वाशिङटनमै छ । एजेन्सी