धरानमा न्यानो बाँड्दै क्याप्टेन विजय लामा

गायक प्रकाश पौडेलको पहलमा क्याप्टेन लामाले धरानको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर बाँडेका हुन् ।

काठमाडौं : जाडो मौसम सुरु भएसँगै क्याप्टेन विजय लामा धरानमा न्यानो बाँड्न पुगेका छन् । गायक प्रकाश पौडेलको पहलमा क्याप्टेन लामाले धरानको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर बाँडेका हुन् ।

नेपाल वायुसेवा निगमका प्रवक्ता वरिष्ठ क्याप्टेन एवम् अभिनेता लामाले यूएईमा रहेका गायक पौडेलले पठाएका स्वीटर त्यहाँका १०४ जना विद्यार्थीलाई वितरण गरेका हुन् । यस्तै स्टेसनरी सामग्रीहरु पनि वितरण गरिएको छ ।