श्रम स्वीकृतिको सेवा पोखरामा पनि

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयले भोलि बिहीबारदेखी सेवा सुरु हुने जनाएको छ ।

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि श्रम स्वीकृति दिने भएको छ ।

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयले भोलि बिहीबारदेखी सेवा सुरु हुने जनाएको छ । श्रम स्वीकृतिको सुरुआत श्रममन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहालले गर्ने कार्यक्रम छ ।

यसअघि जनकपुर र बुटवलबाट श्रम स्वीकृतिको काम सुरु भइसकेको छ । श्रम स्वीकृतिकै लागि राजधानीसम्म धाउनु पर्ने बाध्यतालाई हटाउनका लागि मन्त्रालयले सबै प्रदेशबाट सेवा सुरु गर्न लागेको जनाएको छ ।