चितवनको समृद्धिको आधार नै कृषि र पर्यटन—चन्द्र ढकाल

१२ औं चितवन महोत्सवलाई बुधबार सम्बोधन गर्दै ढकालले महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताए ।

काठमाडाै । आइएमई ग्रुपका अध्यक्ष एवम ्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चितवनको समृद्धिको आधार नै कृषि र पर्यटन भएको बताएका छन् । १२ औं चितवन महोत्सवलाई बुधबार सम्बोधन गर्दै ढकालले महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताए ।

सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रमा चितवनले योगदान दिने उनले बताए । चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिएको खण्डमा मुलुकलाई पनि समृद्धिको आधार सिर्जना हुने उनले बताए ।

पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले चितवनलाई कृषि र पर्यटनका माध्यमबाट आर्थिक विकासको आधार बनाइएको बताए । पुस २५ गतेदेखि माघ ४ गतेसम्म १२ औं चितवन महोत्सव चल्नेछ ।