उद्धार गरी नेपाल ल्याइएका युवतीलाई माइती नेपालको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
काठमाडौं : मानव तस्करले भारत पुर्याएका ४ जना नेपाली युवतीलाई पर्सा प्रहरीले भारतीय सीमाक्षेत्रबाट उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले माइती नेपालसँग सहकार्य गरी भारत पुर्याइएका ४ युवतीलाई रामगढवाबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको हो ।
उद्धार गरी नेपाल ल्याइएका युवतीलाई माइती नेपालको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
मानव तस्करले ४ युवती भारत पुर्याएको सूचनापछि पर्सा प्रहरी माइती नेपालसँग सहकार्य गर्दै भारतीय प्रहरीको सम्पर्कमा पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानकोे आर्केष्ट्राबाट चार जना नेपाली युवतीको उद्धार गरिएको डीएसपी राईले बताए ।
उद्धार गरिएका ४ मध्ये ३ जना मोरङका हुन् भने एक जना रसुवाकी युवती हुन् । प्रहरीले युवतीलाई भारत पुर्याउने राजेश खनालसहित २ जनालाई पनि पक्राउ गरेको छ ।
उद्धार गरिएका युवतीहरु डेड महिनाअघि त्यहाँ पुर्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा काम दिलाइदिने भन्दै उनीहरुलाई रक्सौल हुँदै त्यहाँ पुर्याइको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जनाले अन्य युवतीलाई पनि भारत लगेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए ।