बारा जिल्ला अदालत बाराले २०६७ जेष्ठ २६ गतेको फैसला सदर हुने गरी सर्वोच्च अदालतबाट २०७४ असोज २९ गते भएको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भएका फरार प्रतिवादी प्रधानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बारा निजगढ नगरपालिका ४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला अदालत बाराले २०६७ जेष्ठ २६ गतेको फैसला सदर हुने गरी सर्वोच्च अदालतबाट २०७४ असोज २९ गते भएको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भएका फरार प्रतिवादी प्रधानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा प्रधानलाई बुधबार पक्राउ गरी फैसला कायान्वयनका लागि जिल्ला अदालत बारामा पेस गरेको छ ।